फागुन, २० । खानाका विषयमा गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ । क्यान्टिनको खानाका विषयमा गुनासो आएपछि नारायणी चमेना गृहलाई महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
क्यान्टिनको खानाका विषयमा गुनासा आएसँगै अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना समेत खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिनुभयो ।
अनुगमनपछि जरिवानासँगै खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन समेत निर्देशन दिइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com