चैत, १४ । भोजपुरको टेम्केमैयुङ गाउपालिकाको चखेवाभन्ज्याङमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सब आयोजना गरिने भएको छ । आगामी बैशाख १, २ र ३ गते चखेवाभन्ज्याङमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव आयोजनाका लागि टेम्केमैयुङ गाउपालिकाले प्रायोजन गरेको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । चखेवा बजार व्यवस्थापन समितिले भने महोत्सव आयोजनाको जिम्मा लिएको छ । समग्र गाउँपालिका र पर्यटकीय क्षेत्र चखेवाभन्ज्याङको पर्यटन प्रबद्र्धनका गर्न महोत्सव आयोजनाको तयारी गरिएको अध्यक्ष बस्नेतको भनाई छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com