चैत, २८ । गृहिणी महिला सशक्तीकरण कार्यक्रमको लागि सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बागमती सरकारबिच सम्झौता भएको छ । यो कार्यक्रमको लागि छनोट भएको बलेफी गाउँपालिका र बागमती सरकार बिच आज हेटौडामा एक कार्यक्रमका बिच सम्झौता भएको हो । कार्यक्रमको सम्झौता पत्रमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ । यो कार्यक्रम महिलाहरुको आयआर्जन र सीप विकासको क्षेत्रमा सञ्चालन हुनेछ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गएको चैत १२ गते गृहिणी महिला सशक्तीकरण कार्यक्रमका लागि बलेफी गाउँपालिका सहित अरु ३५ वटा पालिकालाई छनोट गरेको थियो ।
महिलाहरुको आयआर्जन र सीप विकासको क्षेत्रमा काम गर्ने सो कार्यक्रम आगामी ५ बर्षसम्म संचालन हुने छ । यसअघि यो कार्यक्रम बलेफी गाउँपालिकामा ल्याउनका लागि बागमती प्रदेश सदस्य अमृता नेपाल प्रभा र सरल सहयात्री पौडेलले पहल गर्नुभएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com