वैशाख, १७ । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपाकिलामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रशन्नदीप राईको सरुवा भएको छ । हाल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर्गत कार्यरत शाखा अधिकृत राईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको हो । गत बैशाख १३ गते निकालिएको मन्त्रालयको सरुवा सुचीमा प्रशन्नदीपलाई थुलुङदुधकोशी गाउँपालिकामा सरुवा गरिएको मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले जानकारी दिए ।
प्रशन्नदीप राईले यस अघि ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । हाल थुलुङदुधेकोशीमा निमित्त जिम्मेवारीका रुपमा खरिधन राईले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पुरा गर्दै आइरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com