वैशाख, १८ । प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कतारवाट नेपाल आएका सप्तरीका राजविराजका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाएर राख्ने दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एमडी सहनी र अजिम अली रहेका छन् ।
नेपाल आएलगतै सिकेन्द्र यादवलाई बन्धक बनाइएर उनीहरुले यादवको परिवारसंग रु ४ लाख ८० हजार मागेका थिए । कतारबाट एक व्यक्तिले यादवलाई सुन दिएर पठाएको र नेपाल ओर्लेपछि यादवले ल्याएको सुन अर्कै व्यक्तिले बुझेपछि उनलाई बन्धक बनाएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो । घटनाको जानकारी पाउने बितिकै अनुसन्धानका लागि टोली खटिएको र सिनामंगलमा यादवलाई हातखुट्टा बाधेर राखेको अवस्थामा उद्धार गरिएको उहाले बताउनुभयो ।
त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिभिन्न देश पठाइदिन्छु भनि नक्कली कम्पनी खडा गरि वैदेशिक रोजगारमा जान खोज्ने नेपालीलाई लाखौ ठगि गर्ने गिरोहलाई समेत पक्राउ गरि सार्वजनिक गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com