वैशाख, २४ । अन्ततः सोलुखुम्बुको थुलुङ दुधकोसी बहुप्राविधिक शिक्षालयबाट पहिलो पटक ३४ जना इन्जीनियरहरुको जन्म भएको छ । स्थानीय तहको पहिलो जनप्रतिनिधिका रुपमा यस गाउँपालिकाको अध्यक्षमा असिम राई निर्वाचित भए लगत्तै सोही वर्ष अर्थात २०७७ सालबाट गाउँमा बहुप्राविधिक शिक्षालय सुरु गरेका थिए जहाँ शिभिल इन्जीनियरीङका लागि ३५ जना विद्यार्थीहरू भर्ना भएका थिए । सिटिइभिटी सानो ठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यहाँका ३४ जना विद्यार्थी अर्थात ९७ प्रतिशत विद्यार्थीले छैटौँ सेमेस्टर समेत उत्कृष्ट नतिजा सहित उत्तिर्ण गरेका छन् ।
सोलुखुम्बुमा मात्रै नभई सिंगै कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहले संचालन गरेको नविनतम श्रृजनात्मक अभ्यास थियो । जहाँ अध्यक्ष असिम राई लगायतको टिम पूर्ण सफल बनेका छन् । प्राविधिक शिक्षालय स्थापना भएको पहिलो वर्ष भर्ना भएका यी विद्यार्थीहरु इनजीनियर बनेर निस्कीएका छन् । त्यस पछि भर्ना भएकाहरु निरनतर अध्ययन गरिरहेका छन् । अब बर्षैपिच्चे थुलुङबाट यसैगरि इनजीनियरहरुको जन्म भइरहनेछ ।
थुलुङ दुधकोशी गाउँपालिकाले आफ्नै सक्रियतामा संचालन गरेको यस क्याम्पसमा विपन्न जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरि, प्रवेश परिक्षामा प्रथम हुने विद्यार्थीलाई प्रथम सेमेस्टर शुल्क छुट दिईदै आएको छ । प्रत्येक सेमेस्टरको अन्तिम परिक्षामा प्रथम हुने विद्यार्थीलाई सेमेस्टर शुल्क छुट समेत दिई सम्भवतः मुलुककै न्युन शुल्कमा अध्ययन गरि इनजीनियरिङ पुरा गरेका छन् । पुरै ६ वर्ष कोर्स पुरा गर्दा विद्यार्थीले जम्मा १ लाख ८० हजार शुल्क तिरेका छन् । जबकी शहरी क्षेत्रमा यही नतिजाका लागि विद्यार्थी ६ देखि ८ लाख रुपैयाँसम्म खर्च गनुपर्ने हुन्छ । यो बहुप्राविधिक शिक्षालयले प्राविधिक शिक्षामा महत्वपुर्ण योगदान दिएको छ । राम्रो नतिजा ल्याउन शहरका महङ्गो कलेजमा पढ्नुपर्छ भन्ने मान्यतालाई यस कलेजले निर्णायक धक्का मारेको छ ।
बहु प्राविधिक शिक्षा लयका अवधारणाकार समेत रहेका गाउँपालिका अध्यक्ष असिम राईले स्टाटस लेख्दै भनेका छन्, हामी यो मानेमा खुशी छौं कि एउटा गरिव किसानको छोरा् छोरी आफनै आँखा अगाडि बसेर न्युन शुल्कमा कलेज पढेर आज ईन्जिनियर बन्न सफल भएको छ । धेरै युवा विद्यार्थीहरु देशकै ठुला शहरदेखि विदेशी शहरमा पढ्न जाने अहिलेको ट्रेन्ड विपरित हामीले आफ्नै ठाउँमा कलेज स्थापना गरि पठनपाठन शुरु गर्र्याैँ सजिलो पक्कै थिएन र छैन तथापि यहाँहरू सबैको सहयोगबाट हामी अहिलेसम्म सफल भएका छौं ।
वास्तवमा गाउँका मानिस समेत बसाई सरि शहर प्रवेश गर्ने लहर चलेको बेला अध्यक्ष राईले आफू निर्वाचित भए लगत्तै पाखो बारीमा इनजीनयर जन्माउने सपना देखेका थिए । दोस्रो कार्यकालका लागि समेत अध्यक्षमा दोहोरिएका असिम राईले थुलुङको लागि यी नविनतम कार्यहरु समभव भएको जनाएका छन् ।
कोशी गाउँपालिकाको मात्रै नभई, अन्य गाउँपालिका, खोटाङ, ओखलढुंगा तथा काठमाडौँ देखि विद्यार्थीहरु अध्ययनका लागि पुगेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com