वैशाख, ३१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक साताभित्र प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने बताउनुभएको छ । विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनमा रहेका दलहरु संग छलफल गरेर चाडै नै मन्त्रिमण्डललाई पूर्णता दिने बताउनुभएको हो । उहाले प्रदेशमा मन्त्रालय थप नगर्ने बिषयमा सरकार प्रष्ट रहेको जिकिर गर्नुभयो । उहाले सर्वोच्च अदालतले अन्तरिम आदेश, अल्पकालिन आदेश र काम रोक्न आदेश समेत नदिएकाले अदालतमा विचाराधिन मुद्दा भन्न नमिल्ने भएकाले विश्वासको मत लिने निर्णय गरेको धारणा राख्नुभयो । कार्कीले अहिलेको अवस्थामा संसदीय प्रक्रिया र मूल्यमान्यतामा कांग्रेस चुकेको प्रतिक्रिया दिनुभयो ।
यस्तै राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता भक्ति सिटौलाले अहिले प्रदेश सरकारलाई मत नदिएर तटस्थ बसेपनि समय परिस्थीति अनुसार पार्टीले आगामी दिनमा आवश्यक निर्णय गर्ने जिकिर गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com