जेठ, १० । रातो मच्छिन्द्रनाथको रथ महिलाहरुले तानेका छन् । बिहीबार बिहान वर्षा र सहकालका देवता भनेर पुजिने रातो मच्छिन्द्रनाथको रथ महिलाहरुले तानेर ललितपुरको थटिटोलसम्म पुराएका हुन् । हरेक बर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट महिलाहरुले रथ तान्ने परम्परा रहेको छ ।
एक किंवदन्ती अनुसार मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा रहेको संस्कृतिविदहरुको भनाइ छ । अव केहिदिनमा ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । साइतमा तानिएको रथ जावलाखेल पुराइएपछि चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com