जेठ, १३ । सोलुखुम्बुको ८ वटा स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजू कायम गर्नेमा सोलुदुधकुण्ड नगरपालिका बनेको छ भने दोस्रोमा थुलुङ दुधकोशी गाउँपालिका रहेको छ । महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार सोलुखुम्बुको ८ वटा स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका बैभन्दा कम बेरुजू कायम गर्ने पालिकामा परेको हो ।
यस वर्ष सोलुदुधकुण्ड नगरपालिकाको कुल बजेट १ अर्ब ५४ करोड ४१ लाख २ हजारको लेखा परीक्षण गर्दा ०.१४ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाको कुल बेरुजु रकम २१ लाख ४२ हजार अर्थात् जम्मा बजेटको ०.१४ बेरुजु रहेको छ । यस्तै, कम बेरुजू कायम गर्ने दोस्रोमा रहेको थुलुङ दुधकोशीको कुल १ अर्ब ३९ करोड २८ लाख १ हजार लेखापरीक्षणमा बेरुजु १ करोड १० लाख २३ हजार रहेको छ । यो ०.७९ बेरुजु हो ।
सोलुखुम्बुमा सबैभन्दा बढी बेरुजु हुने पालिका लिखुपिके गाउँपालिका ४.६८ प्रतिशत बेरुजु रहेको छ । लिखपिके गाउँपालिकाको कुल ५३ करोड ९३ लाख ५५ हजार लेखापरीक्षण भएकोमा २ करोड ५२ लाख १८ हजार बेरुजु रकम रहेको छ । लेखापरीक्षण रकमको तुलनामा ४.६८ प्रतिशत बेरुजु देखिएको छ ।
प्रतिवेदन अनुसार खुम्बु पासाङल्हामु गाउँपालिकाको कुल १ अर्ब ८ करोड ७४ लाख १४ हजारको लेखापरीक्षण गरिकोमा ३ करोड १० लाख ६७ हजार बेरुजु रहेको छ । जम्मा बजेटको २.८६ प्रतिशत बेरुजु रहेको छ ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार माप्य दुधकोशी गाउँपालिकाको कुल रकम ८२ करोड ८२ लाख २ हजार लेखापरिक्षण रकममा बेरुजु २ करोड ८९ लाख ६० हजार रहेको छ । जुन लेखापरीक्षण अङ्कको ३.५० प्रतिशत हो ।
नेचासल्यान १ अर्ब ४ करोड ५१ लाख ८९ हजारको लेखापरीक्षणमा २ करोड ३५ लाख २७ हजार अर्थात् जम्मा बजेटको २.२५ बेरुजु रहेको छ ।
महाकुलुङको ९४ करोड ५५ लाख २९ हजार लेखापरीक्षण गर्दा २ करोड ५४ लाख ३५ हजार बेरुजु रकम रहेको छ । यो कुल बजेटको २.६९ हो ।
सोताङको कुल लेखापरीक्षण रकम ८१ करोड ४१ लाख १२ हजारमा बेरुजु २ करोड २९ लाख ९८ हजार रहेको छ । लेखापरीक्षण रकमको तुलनामा २.८२ प्रतिशत बेरुजु देखिएको छ ।
सोलुखुम्बु जिल्लाभर कुल ८ अर्ब १९ करोड ६७ लाख ४ हजारको लेखापरीक्षण गरिएको थियो । जसमा १७ करोड ३ लाख ७० हजार रुपैयाँ बेरुजु रकम रहेको महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । जिल्लाको औसत बेरुजु २.०८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । ।
देशैभर ७८ खर्ब, ८१ अर्ब ६० करोडको लेखापरीक्षण गरिएकोमा ९५ अर्ब ६० करोड बेरुजु कायम रहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com