जेठ, १५ । गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत गृहमन्त्री लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’
महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने लामिछानेले घोषणा गरेका हुन् । फेसबुकमा उनले लेखेका छन्–‘मापसे लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com