असार, ३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र बिचारको कुनै मतभेद नरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा अखिल नेपाल महिला संघ(समाजवादी) को मुखपत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औं महाधिवेशन नजिकै आइरहेको अवस्थामा पार्टीभित्र बिचारको कुनै मतभेद नरहेको बताउनुभएको हो । समाजवादलाई अघि बढाउने उदेश्यका साथ पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवाद उन्मुख मुलुक निर्माणका लागि पार्टीले पाइला चालिरहेको धारणा राख्नुभयो ।
उहाले महाविधेशनमार्फत नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थीत गर्ने उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले अहिलेको व्यवस्था र संविधान अनुसारको संरचनाबाट केहि बिकृतिहरु पैदा भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाले आफुहरुसंग बिचार मिल्ने र सहकार्य गर्न चाहनेहरुलाई साथ साथ लिएर अघि बढ्न चाहेको र त्यसका लागि सक्दो पहलकदमी लिदै आएको जिकिर गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com