असार, १० । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले ५३ करोड माथिको बजेट प्रस्तुत गरेको छ । लिसंखुपाखर गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनमा ५३ करोड ११ लाख ३७ हजार १ रुपैया बजेट प्रस्तुत गरिएको हो ।
जस अन्तर्गत चालु तर्फ रु.३१ करोड ७४ लाख ८४ हजार ७ सय २० तथा पुँजीगत तर्फ रु.२१ करोड ३६ लाख ५२ हजार २ सय ८१ रुपैया बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१-८२ बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले ल्याएको बजेट उपाध्यक्ष मिठु लामाले भने बहिस्कार गरेकी थिइन् । गाउँपालिका अध्यक्ष राजु लामाको सभाध्यक्षमा भएको गाउँसभाले माओवादीका १५ जना सभा सदस्य र काङ्ग्रेसका ६ जनाको उपस्थितीमा बहुमतले बजेट पास गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com