असार, २७ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैठकले प्रचण्डको पक्षमा विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डले जानकारी दिनुभयो । एकीकृत समाजवादीले अब बन्ने नयाँ गठबन्धनलाई समर्थन नगर्ने निर्णय पनि गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com