असार, ३० । सोलुखुम्बुको विकट तथा कोशी पारीका स्थानीयले अब सोताङबाटै राहदानी लिन पाउने भएका छन् । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले ईलाका प्रशासन कार्यालय सोताङबाटै राहदानी लिने व्यवस्था मिलाएका हुन् । शनिबार अध्यक्ष बस्नेतले राहदानी सेवाका लागि आवश्यक पूर्वाधारका सामाग्रि ईलाका प्रशासन कार्यालय सोताङलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष बस्नेतले काठमाडौँ राहादनी बिभागबाट सामग्री ल्याई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट रुजु गराई ईलाका प्रशासन कार्यालय सोताङ लैजाने पहल गर्नुभएको थियो ।
अध्यक्ष बस्नेतले राहदानी दिनका लागि सामाग्रिहरुको इन्स्टलेसन समेत गर्न दिनुभएको छ । ईलाका प्रशासन कार्यालयका कर्मचारीले आवश्यक तालिम लिएपश्चात कार्यालयबाट महाकुलुङ, थुलुङ दुधकोशी, माप्य दुधकोशी लगाएत पाएक पर्ने सोलुखुम्बुबासिका लागि केहि दिनभित्रमै राहदानी दिने र सच्याउने पक्रिया सुरु गर्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com