असार, ३१ । नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । जसमा सोलुखुम्बुबाट निर्वाचित मानबिर राईले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
यसैगरि एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् । पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ भने गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् ।
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्री, विद्या भट्टराई शिक्षा मन्त्री बन्दैछिन् । एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् । उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com