असार, ३१ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गर्नुभएको छ । सोमबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको अवस्थामा निवारण रणनीति बनाउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । सो क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पौडेलले एक हप्ताभित्र मन्त्रालयले गर्ने तात्कालिन र दिर्घकालीन कार्यक्रमहरु सार्वजनिक गर्ने बताउनुभयो ।
आफु कुरा गर्ने भन्दा पनि काम गर्ने ठाँउमा आएको भन्दै उहाले कर्मचारीहरुसंग छलफल र परामर्श गरेर अघि बढ्ने धारणा राख्नुभयो । उहाले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि सवैको सहयोग अपरिहार्य हुने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानीको पूर्ण प्रतिफल दिने र लगानी बढाउने प्रयन्त गर्ने पनि उहाले बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com