असार, ३१ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकालाई कृषि यान्त्रीकरण पालिका बनाउने लक्ष्यसहित नगरपालिकाले द्रुत गतिमा आफ्नो काम अघि बढाएको छ । सोमबार नगरपालिकाको वडा नम्बर २ लाई कृषि यान्त्रीकरण वडा घोषणा गरिएको छ । सोहिअनुसार क्रमस: अरु वडाहरुलाई पनि कृषि यान्त्रीकरण वडा घोषणा गरिने नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।
खेलबारीमा काम गर्दा आवस्यक पर्ने सवै किसिमका आधुनिक औजारहरु कृषकलाई नगरपालिकाले वितरण गरेसँगै २ नम्बर वडा कृषि यान्त्रीकरण वडा घोषणा गरिएको हो । अब ७ सय ५३ वटै पालिकामध्ये कृषिमा नमुना र कृषि यान्त्रीकरण घोषणा गर्ने पहिलो पालिका बनाउने नगरपालिकाको लक्ष्य रहेको छ ।
सोही लक्ष्य अनुसार यो वर्ष नगरपालिकाले कृषि यान्त्रीकरणका लािग मात्रै ५० लाख भन्दा बढि रकम छट्याएको मेयर शेर्पाको भनाई छ ।
सोलु्खुम्बुको सोलुदुधकुण्ड नगरपालिका कृषिका लागि राम्रो संभावना बोकेको नगरपालिका हो । यहाँका कृषकहरुको मुख्य बाली आलु, वा, धान, मकै, गहुँ, जौ, कोदो लगायत हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com