साउन, ६ । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका कारण समस्यामा परेका केहि नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् । बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका केहि विद्यार्थीहरु आइतबार बिहान स्वदेश फकिएका हुन् । नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेसंगै स्वदेश फर्कन इच्छुक विद्यार्थीहरु नेपाल फर्कन थालेका हुन् ।
स्वदेश फर्र्किएका डेल्टा मेडिकल कलेजका विद्यार्थी दिलिपा सापकोटाले बंगलादेशमा कफ्र्युका बाबजुद एम्वुलेन्सबाट विमानस्थल पुगेर नेपाल फर्किएको बताउनुभयो । उहाले बंगलादेशको अवस्था हिंसात्मक रहेकाले नेपालीहरुलाई सुरक्षित राख्नुपर्ने र नेपाली दूतावासलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै एमविविएस पढ्नका लागि दुई महिनाअघि मात्रै बंगलादेश जानुभएकी इनाम मेडिकल कलेजकी विद्यार्थी सदिक्षा बस्नेतले आन्दोलनमा सहभागी विद्यार्थीलाई खोज्न राती राती मान्छेहरु आउने गरेकाले थप त्रसित भएको बताउनुभयो । उहाले आन्दोलनरत क्षेत्रमा इन्टरनेट सेवा समेत अवरुद्ध भएको अवस्था सहज नभएको उल्लेख गर्नुभयो ।
यसअघि नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै अत्यावश्यकवाहेक बाहिर ननिस्किने विद्यार्थीलाई सूचित गर्दै आवश्यक सहयोगका लागि सम्पर्क गर्न भनेको थियो । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म १ सय १५ जनाको मृत्यु भइसकेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com