साउन, ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारको प्रारम्भीक कदमले आफुहरुलाई झस्काएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको छलफलका क्रममा लामिछानले सरकार सुरु हुने वित्तिकै अनुसन्धान गरिरहेको बिषयलाई प्रभाव पर्ने काम गरेको भन्दै यसले आफुहरुलाई झस्काएको बताउनुभएको हो ।
उहाले मन्त्रिपरिषद् गठन गर्दा पनि बिभिन्न प्रकरणमा नाम मुछिएकाहरुलाई पुरस्कार दिने काम भएको तर्क गर्नुभयो । प्रधानमन्त्रीको राजनीतिक योगदान, राजनीतिक त्याग र बलिदानप्रति सम्मान रहेको भन्दै उहाले त्यसलाई निराशातर्फ ढकेल्ने काम नगर्न सुझाव दिनुभयो ।
लामिछानेले प्रतिपक्षीमा बसेर गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने जिकिर गर्नुभयो । उहाले नेपालमा पटक पटक सत्ता समिकरण परिवर्तनको खेल भइरहेको भन्दै अहिले नै गाली गर्ने वा गाला मुछार्ने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
उहाले मुलुकलाई निकास दिनकालागि कांग्रेस–एमालेको गठबन्धन अन्तिम बिकल्प भनिरहदा यो पनि असफल भए समाजमा के सन्देश जान्छ भन्ने हेक्का राख्न पनि आग्रह गर्नुभयो । ठूला दलहरु मिल्दा सत्तापक्षको आवाज ठूलो हुने भएपनि आफुहरु बिचारका आधारमा सक्षम प्रतिपक्षी बन्नका लागि तयार भएर बसेको उहाको भनाइ छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com