साउन, १६ । मंगलबार राती परेको अविरल बर्षाका कारण काठमाडौं उपत्यकाका बिभिन्न स्थान डुवानमा परेको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी–खोला किनारा डुबानमा परेको हो । बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ । त्यस्तै ललितपुरको च्यासलस्थीत एमाले पार्टी कार्यालयभित्रै बाढी पसेको छ भने च्यासलमा रहेको एन्फा फुटबल मैदानमा पनि बाढी छिरेको छ ।
प्रहरीका अनुसार काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको छ । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।
त्यस्तै काठमाडौंको बल्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com