साउन, २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिललाई आमसञ्चार परिषद् बनाउन सहमत रहेको बताउनुभएको छ । विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक, २०८० को नाम परिवर्तन गर्र्दै आमसञ्चार परिषद् विधेयकका रुपमा अघि बढाउन सहमत रहेको बताउनुभएको हो । उहाले विधेयकको अन्तरबस्तुमा फरक नपर्ने गरि मिडिया काउन्सिललाई नेपालीमा आमसञ्चार परिषद् बनाउन सकिने बताउनुभयो । विधेयकको सार एउटै रहेको र भाषा मात्रै फरक राख्न सहमत भएको उहाले बताउनुभयो ।
उहाले यसअघिको प्रेस काउन्सीलले एउटै मात्र क्षेत्रको प्रतिनिधित्व गर्ने देखिएकाले सवै प्रकारका सञ्चारमाध्यमलाई एउटै छातामुनी ल्याउन मिडिया काउन्सिल ल्याइएको धारणा राख्नुभयो । मन्त्री गुरुङले विवादीत अन्य बिषयमा सहमति जुटाइ विधेयकलाई छिटै अघि बढाउन आग्रह गर्नुभयो । अध्यक्ष र सिफारिस समितिको संयोजक चयनको प्रक्रिया लगाएतका बिषयमा समितिमा सहमति जुट्न सकेको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com