काठमाडौँ सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ नम्बर वडा कार्यालयले काठमाडौँमा बस्ने आफ्ना नागरिकका लागि काठमाडौँबाटै सेवा प्रवाह थालेको छ । काठमाडौँको कोटेश्वर भाटभटेनी नजिक एक घरमा तिन दिने शिविर राखिएको छ ।
विभिन्न पेषा व्यवसाय र अध्ययनका शिलशिलामा काठमाडौँमा रहेका आफ्ना नागरिकहरुका लागि सहजताका लागि काठमडौँमै सुविधा दिने हेतुले शिविर आयोजना गरेको हो । उक्त शिविरको मेयर नाम्गेल जाङबु शेर्पाले उद्घाटन गरे ।
शिविरमा वडाबाट प्रवाह हुने सबै सेवा प्रदान गरिने सोलुदुधकुण्ड नगरपालिका–११ का अध्यक्ष टंकबहादुर कार्कीले जानकारी दिए । खराव मौसमका कारण बाढि पहिरोको जोखिममा काठमाडौँदेखि नागरिकलाई सानो कामका लागि टाढाको दुरीमा रहेको गाउँमै जानुपर्ने बाध्यतालाई रोक्न शिविर संचालन गरिएको मेयर शेर्पाले बताए । उनका अनुसार केही समय पहिले वडा नम्बर ७ ले पनि यस्तै शिविर संचालन गरेको थियो ।
यसैगरी अन्य वडाहरुले पनि क्रमश वडाबासीहरुको सुविधाका लागि शिविर संचालन गर्ने मेयर शेर्पाको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com