भदौ, ४ । सोलुदुधकुण्ड नगरपालिकाले आप्रवासी श्रोत केन्द्रको स्थापना गरेको छ । वैदेशिक रोजगारलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी श्रोत केन्द्र स्थापना गरेको हो । जसको उद्घाटन आज सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले गर्नुभएको छ ।
उक्त आप्रवासी स्रोत केन्द्रबाट सोलुदुधकुण्ड नगरपालिकालाई मात्रै नभई जिल्लाका सबै पालिकाका नागरिकहरुले आवश्यक परामर्श लिन सक्ने नगरपालिकाका मेयर शेर्पाको भनाई छ ।
बैदेशिक रोजगारीका लागि राहदानी बनाउन जिल्ला प्रशासन आएका नागरिकहरुले आप्रवासी श्रोत केन्द्रबाट आवश्यक सल्लाह सुझाव लिन सहयोग पुर्याउने उद्धेश्यले नगरपालिकाले आप्रवासी श्रोत केन्द्रको स्थापना गरेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com