भदौ, ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ । मंगलबार बसेका लुम्विनी प्रदेशसभा बैठकमा आचार्यले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभामा आचार्यको पक्षमा ७० मत र बिपक्षमा ११ मत परेको थियो । आचार्यलाई परेको मत प्रदेशसभाका कुल संख्याको बहुमत भएकाले विश्वासको मत बहुमतले पारित भएको लुम्बिनी प्रदेशसभामा सभामुख तुलाराम घर्ति मगरले जानकारी दिनुभयो ।
आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ लगाएत जसपा, जसपा नेपाल, नाउपा लगाएतका पार्टीले समर्थन गरेको छ भने माओवादी र एकीकृत समाजवादी बिपक्षमा उभिएका थिए । आचार्य कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com