भदौ, ४ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेका बाढि पिडितलाई राहत रकम दिने भएको छ । आज नगरपालिकाको नगरकार्यपालिका बैठकले थामेका बाढि विडितलाई राहत स्वरुप १० लाख रुपैया रकम दिने निर्णय गरेको हो । गएको १ गते हिमताल फुटटेर बाढि आउँदा थामेमा ठूलो क्षति पुर्याएको थियो ।
त्यस्तै, बैठकले गएको आर्थिक वर्षमा नगरकार्यपालिकाले गरेका निर्णयको समिक्षा गर्दै चालु वर्षको योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउने र अनुगमन प्रणालीलाई पनि प्रभावकारी बनाउने निर्णय गरेको छ । यस्तै, बैठकले नगरपालिकाको नगरप्रबक्ताको जिम्मेवारी वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पालाई बनाउने निर्णय लगायतका निर्णय गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com