भदौ, ८ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाले बाढीबाट पीडित बनेका थामेका नागरकितालाई आज राहत रकम वितरण गर्दैछ । सदरमुकाम समेत रहेको यस नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा, उपप्रमुख गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई लगायत आज बिहानै राहत रकम बोकेर खुम्बु पुगेका हुन् ।
फाप्लुबाट हेलिकप्टरमार्फत स्याङ्बोचे पुगेको नगर प्रमुखको टोली त्यहाँबाट हिडेर थामे जान लागेको हो । स्याङबोचेबाट थामेको पैदल दुरी करिव ३ घण्टाको रहेको छ । नेपाली काङ्ग्रेसको जिल्ला सभापती समेत रहेका शेर्पाका अनुसार २१ लाख रुपैयाँ नगद पीडितहरूलाई आजै वितरण गरिनेछ ।
सोलुदुसधकुण्ड नगरपालिकाको १० लाख रुपैयाँ, नेपाली काग्रेस सोलुखुम्बुका पार्टी सभापति शेर्पाको पहलमा पाहिला पाहिलाको आशा फाउनडेशनबाट १० लाख र अन्य १ लाख रुपैयाँ गरी जम्मा २१ लाख रुपैया लिएर राहत वितरणका लागि मेयर शेर्पा सहितको नगरपालिकाको टोली आज विहान थामे प्रस्थान गरेको नगर प्रवक्ता फूर्वा शेर्पाले जानकारी दिए ।
भदौ १ गते हिमपोखरी फुटेर एक्कासि आएको बाढीले थामे गाउँका २० घर परिवार बिस्थापित भएका छन् । मेयर शेर्पाले पूर्ण क्षति भएका र आंशिक क्षति भएका पीडितलाई स्थानीय मापदण्डलाई ध्यानमा राखेर राहत रकम वितरण गर्ने बताएका छन् । ओर्लाङघाट स्थित मितेरी पुल भत्काएपछि खुम्बु जोड्ने सडकका लागि जुभीङघाटमा बनिरहेको पुललाई छिटो पूर्णता दिलाउन ठेक्केदारसंग मेयर शेर्पाले समन्वय गरिसकेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com