सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका–८ दिप्लीघाटमा दुर्घटनामा परेको ट्रकलाई निकालिएको छ । भदौ ५ गते साझ ब्रेक फेल भइ खसेको सो ट्रक थुलुङ दुधकोशी गाउँपालिकाको पहल, नेपाल प्रहरीको समन्वय र यातायात व्यवसायीको सहयोगमा उक्त ट्रक निकालिएको थुलुङ दुधकोशी– ७का अध्यक्ष एवं प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
उक्त कार्यमा गाउँपालिका प्रवक्ता तथा ७ नम्बर अध्यक्ष भोजराज कार्की र प्रहरी चौकी मुक्लीका इन्चार्ज डेगेन्द्र कार्कीसहितको टोलि तथा गाउँपालिकाको जेसिबी प्रयोग गरिएको थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ ।
ट्रक धनी टाढा रहेका कारण उनी आएपछि ट्रक ननिकाल्दा सडक खुल्न र मर्मत अझै १० दिनसम्म लाग्ने भएकाले स्थानीय सरकारले जिम्मा लिइ प्रहरीको समन्वयमा ट्रक निकालिएको प्रवक्ता कार्कीले बताएका छन् ।
उक्त क्षेत्रको भूगोल अत्यन्त कम्जोर रहेकाले बर्खाको समयमा सडक बारम्बार अवरुद्ध हुन सक्ने बताउँदै गाउँपालिका अध्यक्ष असिम राईले अवरुद्ध सडकलाई सहज रुपमा संचालनक लागि थुलुङ दुधकोशी गाउँपालिका गम्भीर रहेको पनि बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com