भदौ, ११ । रौतहटको राजपुर नगरपालिकाले कृषकहरुका लागि कृषि मिटर महशुल निशुल्क गरेको छ । नगरपालिकाको नगरकार्यपालिका बैठकले लामो समयदेखि नगरबासीले तिर्दै आएका कृषि मिटर महशुल निशुल्क गर्ने निर्णय गरेको नगरप्रमुख डा.राजिक आलमले बताउनुभयो ।
आकाशे वर्षाको भरमा खेतिपाती गर्नुपर्ने समस्या भोग्दै आएका यहाँका कृषकहरुले कृषि विद्युत मिटर प्रयोग गर्दै आएका छन् । यही समस्यालाई मध्यनजर गर्दै नगपालिकाका मेयर डा.राजिकले कृषकहरुलाई कृषि विद्युत महशुल निशुल्क गराइदिनुभएको हो । कृषि मिटर लिई प्रयोग गरिरहेको दिन देखि २०८१ श्रावण मसान्तसम्मको कृषि मिटरको महशुल राजपुर नगरपालिकाले तिर्ने भएको छ ।
राजपुरमा कृषकहरुका लागि सिचाईँ प्रमुख समस्याको रुपमा रहेको छ । यसैलाई मध्यनजर गर्दै नगरपालिकाले सिचाईँलाई प्राथमिकताका साथ काम गरिरहेको छ । नगरपालिकाले कृषि सिचाईका लागि वडा नं.३, ४, ५, ८ र ९ पोल तार जडान गरिसकेको छ भने बाँकी वडामा पनि यसै वर्ष पोल तार जडान गरी छिटै नै सुचारु गर्ने नगर प्रमुख आलमको तयारी छ ।
नगरप्रमुख आलमले कृषि विद्युत मिटर महशुल तिर्ने कार्यलाई निरन्तरता दिईने र किसानहरुलाई कृषि खेतीमा प्रत्यक्ष टेवा पुग्ने गरी कार्यक्रम योजना संचालन गर्ने बताउनुभएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com