भदौ, १३ । तीज भड्कीलो बन्दै जाँदा कतिपय संघसंस्थाहरुले भने व्यवसाय र उद्यमशीलतासँग जोडेर मनाउन थालेका छन् । महिला सहभागिता, क्षमता अभिबृद्धि, महिला उद्यमशीलतालाई जोडेर तीज मनाउन थालिएको हो । यसकै एउटा उदाहरण हो, महिला पर्यटन व्यवसायी सञ्जालको तीज कार्यक्रम ।
काठमाण्डौको ठमेलस्थित काठमाण्डौ गार्डेन होममा सञ्जालले तीज कार्यक्रमको आयोजना गरेको हो । तीज कार्यक्रममा दर खाने कार्यक्रमसँगै सञ्जालका महिलाहरुले क्षमता अभिबृद्धि र उद्यमशिलताका सन्दर्भमा छलफल समेत गरेका छन् । कार्यक्रमको अवसरमा पर्यटन क्षेत्रमा आएका नयाँ महिला व्यवसायीहरुलाई सञ्जालमा जोड्न पनि तीज कार्यक्रमको आयोजना गरिएको सञ्जालका अध्यक्ष निर्मला धमलाले बताईन् ।
कार्यक्रममा गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल भिटोफका अध्यक्ष सकुन्तला देवकोटा लगायत पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका व्यवसायी महिलाहरुको सहभागिता रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com