राधा ढुङ्गाना
काठमाडौँ, भदौ १४ । आसन्न टानको निर्वाचन २०२४ का लागि सागर पाण्डे समुहलाई विजयी गराउन धादिङका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् । शुक्रबार ठमेलस्थित भीआइपी लञ्चमा भेला भएका उनीहरुले यस पटकको निर्वाचनमा पाण्डे नेतृत्वको समावेशी, अनुभवी र व्यावसायिक समुहलाई जिताई छाड्ने प्रतिबद्धता जनाएका हुन् । झण्डै ३ सय जना पर्यटन व्यवसायीहरु भेला भएको उक्त कार्यक्रममा अगुवा पर्यटन व्यवसायीहरुले टानको व्यवस्थापकीय सुधार तथा ट्रेकिङ व्यवसायीहरुको हकहितका लागि नीतिगत सुधार गर्न योग्य उम्मेदवाहरुको समूह नै सागर पाण्डेको समूह भएको उनीहरुको भनाई छ ।
भेलामा बोल्दै टानका पूर्वमहासचिव तथा डेनमार्कका महावाणिज्यदुत हरि धरेलले केही व्यक्तिहरुले टानमा सिण्डीकेट लाद्न खोजेको आरोप लगाएका छन् । उनले दलगत राजनीतिमा सक्रिय केही पर्यटन व्यवासायीहरुले चार वर्ष पछि कसलाई उम्मेदवार बनाउने भन्ने सम्मको सम्झौता गरिसकेकाले त्यस्ता राजनीति प्रेरित व्यक्तिहरुले टानलाई गति दिन नसक्ने ठोकुवा गरेका छन् । यस पटकको टान नेतृत्वमा धादिङका व्यवसायीहरुले स्पष्टताका साथ सागर पाण्डे समूहलाई मतदान गर्नु पर्ने बताएका छन् ।
अघिल्लो कार्यकालदेखि नै टानमा सिण्डीकेट लादिएको भन्दै यो पटक जसरी पनि सिण्डीकेट प्रथालाई तोड्नु पर्ने बताएका छन् । त्यसका लागि धादिङको मत निर्णायक हुनु पर्ने उनको भनाई छ । ट्रेकिङ व्यवसायमा धादिङका व्यवसायीहरुको संख्या उल्लेख्य रहेका छन् । यस्तै टानका पूर्व अध्इक्ष एवं इस्टोनियाँका महावाणिज्यदुत नवराज दाहालले सागर पाण्डेको जस्तो समावेशी र योग्य उम्मेदवारहरुको समूह आफूले कहिल्यै नदेखेको बताए । टानको सबै वेथितिहरुको अन्त्य गर्न र नितिगत सुधारका लागि सागर पाण्डे समूहले जित्नै पर्ने उनको भनाई छ ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले धादिङका व्यवसायीहरु टान निर्वाचनका लागि निर्णायक रहेको भन्दै पर्यटन व्यवसायीहरुको सुरक्षित भविष्यका लागि सागर पाण्डे समूहलाई निसंकोच मतदान गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । यस्तै टान अध्यक्षका उम्मेदवार सागर पाण्डेले धादिङका व्यवसायीहरु भेटे पछि आफ्नो समूहको जित सुरक्षित रहेको आभाष भएको बताएका छन्
टानको नयाँ कार्य समितिका लागि सागर पाण्डे नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । यही भदौ १७ गते चुनावका लागि विहिबार मनोनयन दर्ता गरि पाण्डे समूह मतदाताहरुसंग भेट गरि मत माग्न व्यस्त रहेको छ । देशभर २४ सय भन्दा बढि ट्रेकिङ कम्पनीहरु दर्ता भई संचालनमा छन् । कम्पनी दर्ता गरि टान निर्वाचनमा मतदान गर्न योग्य मतदाताहरुको संख्या १३ सय ९७ छन् । यी मतदाताहरुले सन् २०२४ देखि ०२६ सम्मका लागि आफ्नो छाता संगठनको नेतृृत्व चयन गर्न लागेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com