भदौ, १७ । प्राकृतिक विपत्तिले थलिएको सोलुखुम्बुको थामेका बाढी पीडितहरुलाई राहत तथा पुनस्थापना र पूर्वाधार पुनिर्माणका लागि खुम्बु पासाङल्हमु गाउँपालिकाले ७ करोड १० लाख बजेट बिनियोजन गरेको छ । खुम्बु पासाङल्हमु गाउँपालिकाको कार्यपालिका बैठकले सोमबार यस्तो निर्णय गरेको हो । गाउँपालिकाले यसअघि तयार पारेको १० वटा योजनाहरुको बजेट कटौती गरेर विपद् व्यवस्थापन कोषमा रकमान्तर गरि राहत तथा पुननिर्माणको काममा जोड दिईएको गाउँपालिकाका प्रबक्ता ल्हाक्पा छिरी शेर्पाले जानकारी दिनुभयो । गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारी अध्ययन अवलोकन भ्रमण भनि यसअघि १५ लाख रकम विनियोजन गरेको थियो । तर, आफ्ना नागरिहरु प्राकृतिक विपत्तिमा परि पिडीत बनेपछि उक्त कार्यक्रम रद्द गरि १५ लाख रुपैँया विपद् व्यवस्थापन कोषमा राख्ने निर्णय गरेका छन् ।
यस्तै, जनप्रतिनिधि तथा कर्मचारीका लागि कानुनी सचेतना तालिम शिर्षकमा बिनियोजित १० लाख रुपैयाको कार्यक्रम पनि रद्य गरि विपद् कोषमा रकमान्तर गरिएको छ ।
गाउँपालिकाको निर्णयानुसार फोहोर व्यवस्थापनको लागि उपरण खरिद योजनाको ८ लाख, दिङ्बुचे र लबुचेमा सिजनल स्वास्थ्य शिविर सञ्चालनको २० लाख रुपैँया, स्पोर्ट टुरिजम एवम् शाहसिक पर्यटनको संभाव्यता अध्ययनको १० लाख, सडकमा झरेको पहिरो पन्छाउने योजनाको ७ लाख, बोसुम् नाम्चे रोपवे संभाव्यता अध्ययन र डीपीआर कार्यक्रमको २० लाख रुपैया पनि रकमान्तर गरिएको छ ।
यस्तै, सवै वडामा रेडियोसेट व्यवस्थापन कार्यक्रमको २० लाख रुपैया, मञ्जोखोला मिनि हाइड्रो र आमाडब्लम मिनि हाइड्रो कार्यक्रमको ३/३ करोड गरि ७ करोड १० लाख रुपैँया विपद् कोषमा जम्मा गरिएको हो । योसँगै खुम्बुपासाङल्हमु गाउँपालिकाको पूर्वनिर्धारित १० वटा कार्यक्रमहरु स्थगित भएका छन् । बाढि पीडितहरुलाई आकस्मीक रुपमा पूर्ण क्षति प्रति परिवाार ५० हजार र आंशिक क्षतिका प्रतिवार १० हजार रुपैँया गरि वितरण गरिएको राहत रकम उक्त ७ करोड १० लाख रुपैया बजेटबाट विनियोजन हुने गरि बैठकबाट अनुमोदन गरिएको गाउँपालिकाले जनाएको छ ।
बाँकी बजेटले सार्वजनिक पूर्वाधारहरुको निर्माणमा ३ करोड ४० लाख, बाढि पिडीतहरुको पुनस्र्थापना तथा पुननिर्माणका लागि २ करोड ६० लाख, विपद् जोखिम अध्ययन अनुशन्धानका लागि ५० लाख र खुम्बु विजुली कम्पनी पुननिर्माण सहयोगका लागि ६० लाख रुपैया विनियोजन गर्ने गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको अध्यक्ष मिङमाछिरी शेर्पाले जानकारी दिनुभयो । यसका साथै बाढिग्रस्त गाउँमा रहेको थामे आधारभुत विद्यालयलाई वडा नम्बर ४ मा रहेको खुम्जुङ माविमा अस्थाई स्थानान्तरण गरि पुन सञ्चालन गरि आवस्यक खाद्यान्न र किचन सामाग्रि तत्काल उपलब्ध गराउने निर्णय गरिएको छ । सो वापत भएको खर्च रकम विपद् व्यवस्थापन कोषबाट नै भुक्तानी दिने गाउँपालिकाले जनाएको छ ।
यस्तै, बाढि प्रभावित क्षेत्रका बासीन्दालाई टेन्ट तथा त्रिपाल उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्रचार गर्ने र गाउँपालिका कार्यलयमा कृषि तथा अन्य प्रयोजनमा रहेका टनेल प्लाष्टिक तथा त्रिपाल आवस्यकता अनुसार बाढि पिडीत परिवारलाई उपलब्ध गराउने पनि निर्णय गरिएको छ ।
थामे बाढि पहिरोपछि गाउँपालिकाले आवस्यक निर्णय गर्न विशेष अधिवेशन आह्वान गरि गाउँसभा बैठक आयोजना गरेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com