भदौ, २३ । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई बर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर भएको प्रमाणीत भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई बर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो ।
१५ लाख सम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ बर्ष र करोड भन्दा माथिको चेक अनादर प्रमाणीत भएमा दुई बर्षको कैद सजाय हुने बिषयमा सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले बताउनुभयो । उहाले सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पिडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रुप दिने बताउनुभयो । चेकको विश्वस्नीयताका लागि पनि कानूनलाई छिटै अन्तिम रुप दिएर पारित गर्नुपर्ने उहाले बताउनुभयो ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले बैङ्किङ्ग कसूर तथा सजाय सम्बन्धी विधेयकमा भएका छलफल सकारात्मक रहेको भन्दै दफावार छलफलका क्रममा आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने बताउनुभयो । चेक अनादरको संख्या बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न र चेक अनादरलाई निरुत्साहित गर्न सजायको व्यवस्था गरिएको उहाले बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com