राहुल गुप्ता
असोज, ९ । बाराको महागढिमाई नगरपालिकाको वडा नम्बर १ बरियारपुर मा प्रत्येक ५ बर्षमा लाग्ने विश्व प्रसिद्ध गढिमाई मेलालाई भब्य र सभ्य बनाउन आवस्यक सल्लाह सुझाव संकलन गर्न बिशेष कार्यक्रम सम्पन्न भएको हो । महागढिमाई नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षता तथा मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु,संघीय सान्सदहरु,सम्बिधान सभा सदस्यहरु,प्रदेश सभा सदस्यहरु,नगर प्रमुखहरु,गाउपालिका अध्यक्षहरु,उप प्रमुख /उपाध्यक्षहरु,विभिन्न पालिकाका जनप्रतिनिधिहरु,सुरक्षा निकायका प्रमुखहरु,समाजिक अगुवाहरु सहित सन्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।
नगर उप प्रमुख तारा देबि कानुले स्वागत गरेको कार्यक्रमको सन्चालन लक्ष्मी खरेलले गरेकी थिईन।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com