असोज, १४ । काठमाडौंको तारकेश्वर नगरपालिकाले आफ्नो नगरभित्रका तेस्रोलिङ्गीलाई मासिक ५ हजार रुपैयाँ हजार प्रोत्साहन भत्ता दिन थालेको छ ।
उक्त प्रोत्साहत भत्ता नगरक्षेत्रमा स्थायी बसोबास गरेर पहिचान खुलेकाहरूलाई नगरपालिकाले दिने गरेको छ । तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएकाहरूलाई आर्थिक वर्ष २०८१र८२ सुरु भएदेखि मासिक ५ हजार दिन थालेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख कृष्णहरि महर्जनले संविधानको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ता दिइएको जानकारी दिए ।
नेपालको संविधानको धारा ३८ र धारा ४२ मा राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएको छ । संविधानको परिकल्पनाअनुरुप नगरपालिकाले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको महर्जनले बताए ।
लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकार भएकाको सहभागितामा विभिन्न कार्यक्रम गरी हिंसामुक्त समाज बनाइने पनि मेयर महर्जनले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com