असोज, १४ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका भित्रका पहिरो पिडितहरुलाई राहत वितरण गरिएको छ । बाढि र पहिरोले पिडित बनेका दर्जन बढि घरपरिवारलाई आवस्यक आधारभुत सामाग्रि जिल्ला विपद ब्यवस्थापन समितिसँगको समन्वयमा गाउँपालिकाले राहत वितरण गरेको हो । नेपाली सेनाको हेलिकोप्टरबाट तेगमा खाद्य सामग्री लगिएको हो । जुगल गाउँपालिकाको अनुरोधपछि नेपाली सेनाको हेलिकप्टरले खाद्य सामग्री तेगामा पु¥याएको अध्यक्ष रेशम स्याङ्बोले बताए । पिडितका लागि १० बोरा चामल, २ बोरा दाल, २ बोरा चिउरा, २ बाक्सा तेल, नुन लगायतका सामग्री जिल्ला विपद ब्यवस्थापन समिति मार्फत सहयोग गरिएको अध्यक्ष स्याङबोले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर–३ स्थित तेगा गाउँमा पहिरोले सवैभन्दा धेरै क्षति गरेको छ । तीन वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने झण्डै १० घरमा पहिरोले आंशिक क्षति पुर्याएको छ । तेगामै उद्धारको पर्खाइमा रहेकी सुत्केरी अवस्थाकी घाइते दानुरु शेर्पाको अध्यक्ष श्याङबोले हेलिकप्टर मार्फत उद्धारका लागि पहल गरेका थिए । उनको अहिले जिल्ला अस्पताल चौतारामा उपचार भईरहेको छ ।
गएको असोज ११ र १२ गतेको अबिरल वर्षाले गाउँपालिकाको वडा नम्बर १ मा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने अरु दुई जना बेपत्ता छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com