कार्तिक, २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै लामिछानेलाई रास्वपा पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरिएको हो । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नुअघि पार्टी कार्यालयमा कार्यकर्ता र सञ्चारकमीसंग प्रतिक्रिया दिदै लामिछानेले आफुले कुनै अपराध नगर्दा पनि राजनीतिक प्रतिशोध साध्न खोजिएको बताउनुभयो । उहाले न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धता समेत जनाउनुभयो । राजनीतिक पूर्वाग्रहविरुद्ध खुलेर लड्न उहाले आग्रह गर्नुभयो ।
आफ्नो सम्बोधनपछि रविले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीसमक्ष आफुलाई समर्पण गर्नुभएको थियो । पक्राउ पछि कार्यकर्ताले सरकारबिरुद्ध नारावाजी गरेका थिए । पूर्वडीआईजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कबिभिन्न सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com