कार्तिक, २ । काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा चीनको तिब्बतसँग जोडिएको मुगु जिल्लाको कार्मारोङ गाँउको भेषभूषा, कला संस्कृति झल्कने चित्रकला प्रदर्शनी गरिएको छ । कलाकार दोर्जे कार्मारोङले हिमालयभित्र लुकेको कामारोङ शीर्षकमा चित्रकला प्रदर्शनीको आयोजना गर्नुभएको हो । अपर मुगुमा बस्ने कार्मारोङ जातीको आफ्नो छुटै कला संस्कृति रहेको र यसलाई देश–विदेशमा परिचित गराउनका लागि चित्रकला प्रदर्शनी आयोजना गरिएको कलाकार दोर्जे कार्मारोङले बताउनुभयो ।
सरकारले समेत चिन्न नसकेको कार्मारोङ जातीको इतिहास चिनाउनका लागि प्रदर्शनी गरिएको उहाले बताउनुभयो । उहाले कार्मारोङलाई सरकारले जनजातीमा सूचिकृत नगरेको भन्दै यसमा बिशेष ध्यान दिन आग्रह गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com