कार्तिक, ४ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । शुक्रबार पक्राउ परेकाले आइतबारसम्म ३ दिन बितिसकेकाले अब बुधबारसम्म अर्थात थप तीन दिन लामिछाने हिरासतमा रहने छन् ।
बहसका क्रममा सरकारी वकिल कार्यालयले ६ दिन म्याद थप गर्न माग गरेका थिए भने लामिछानेका वकिलहरुले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको तर्क गरेका थिए । लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरि कास्की लगिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com