कार्तिक, ७ । सरकारमा सहभागी भएका दलहरुले सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयनमा प्रश्न उठाउनु उचित नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ दलको बैठकले संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा अनुसन्धान र छानविन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने गरि भएको विरोध प्रदर्शन उचित नभएको निष्कर्ष निकालेको हो ।
कानूनी राज्यको अवधारणालाई कमजोर पर्ने र लोकतान्त्रीक मूल्य मान्यतालाई अवरोध गर्ने काम नगर्न बैठकले आग्रह गरेको नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेमाथि छानविन प्रक्रिया अघि बढिरहेको बेलामा सडकमा भिड जम्मा गरेर छानविन र अदालतलाई समेत प्रभावित पार्नेखालको गतिविधि स्वीकार्य नहुने उहाले बताउनुभयो ।
त्यस्तै बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल महासचिव पोखरेलले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समीकरणमा रहेका दलहरु एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताउनुभएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com