दोलखा, १ भदाै । कालिञ्चोक गाउँपालिका-३ बुलासे बस्ने २० वर्षीय नवीन खत्रीलाई २ थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई राखिएको १ थान भरुवा बन्दुक र घर नजिकै बारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा थप १ थान भरूवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com