असोज, ५ । शिक्षा विधेयक संशोधनको माग राख्दै आन्दोलनरत शिक्षकहरुलाई नियमित रुपमा विद्यालय सञ्चालन गर्दै आफ्ना मागहरुलाई वार्ता संवादको माध्यमबाट समाधान खोज्न ओखल्ढुंगाको खिजिदेम्बा गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष गोम्बु शेर्पाले एक विज्ञप्ती जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई विद्यालय नै ठप्प पारेर अघि बढ्दा आन्दोलनले मूर्त रुप नलिने भन्दै नियमित विद्यालय सञ्चालनका लागि आग्रह गरेका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘यतिबेला विद्यालय शिक्षा विधेयकको सन्दर्भमा यतिबेला शिक्षक कर्मचारी साथीहरुले विद्यालयको नियमित पठनपाठन नै ठप्प पारेर अघि बढेको विषयप्रति गाउँपालिको गम्भिर ध्यानाकर्षण भएको छ ।’
‘ढिलै भएपनि शिक्षा ऐन २०२८ प्रतिस्थापन गर्दै वर्तमान सरकारले नयाँ शिक्षा विधेयक सदनमा दर्ता गराउनु सरकारात्मक र विधिवत भएको र त्यसको संशोधन सवै पक्षको विचार, धारणालाई समेटेर कानुन बन्नुपर्दछ’ गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
तर, वार्ता र संवादको माध्यमबाट आफ्ना माग राख्दै विद्यालय भने नियमित रुपमा शैक्षिक गतिविधि सञ्चालन गर्न आन्दोलनरत शिक्षकहरुलाई गाउँपालिकाले आग्रह गरेको छ । शैक्षिक क्रियाकलापमा बाधा आउने खाले कार्यहरु गरि पठनपाठन अवरुद्ध भएमा संविधानत प्राप्त अधिकार प्रयोग गरि आवस्यक कदम चाल्न गाउँपालिका बाध्य हुने गाउँपालिका अध्यक्ष शेर्पाको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com