दयाहाङ र मिरुनालाई जोडीको रूपमा लिएर फिल्म ‘लोकल हिरो’ निर्माण हुने भएको छ । निर्माता सरोज न्यौपानेले दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा अनुबन्धित गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । रोमान्टिक, कमेडी तथा सामाजिक कथामा बन्ने यो फिल्म विश्वास तिमल्सिना र राज ऋषिले मिलेर निर्देशन गर्दैछन् ।
फिल्म तिहारलगतै काठमाडौँ, काभ्रेपलान्चोक र झापामा छायाङ्कन हुनेछ । फिल्मलाई आगामी फागुनको २५ गतेबाट रिलिज गर्ने योजना निर्माण युनिटको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com