काठमाण्डौ, साउन १७ । म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ अरु तीन जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिरोले बगाएको हो । घटनास्थलमा पहिरोमा परि विकका छोरा राजन र नवीनको मृत्युु भएको छ । गोठे र उहाँकी श्रीमती गोरी विक भन घाइते छन् । घामबहादुर, उहाँकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । पहिरोमा बेपत्ता भएकाहरुको खोजी भईरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com