काठमाडौँ । जुवाको खालबाट पक्राउ परेका चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार १५ हजार धरौटीमा छाडेको हो ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारले गत शनिवार मैतीदेवीस्थित एक डान्स सेन्टरबाट उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट ९गम्भीर०, गणेश विष्ट ९गजित० रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए ।
तत्कालीन समयमा प्रहरीले जुवाको खालबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी कुमोध ढुङ्गेलका अनुसार प्रशासनको आदेशअनुसार उनीहरू धरौटीमा छुटेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com