काठमाडौं । बागमती प्रदेश सरकारले भुकम्प पीडितहरुलाई तत्कालका लागि १ करोड ५० लाख सहयोग दिने भएको छ । गए राती जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि बाग्मती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको हो ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार जारी विज्ञप्ति अनुसार भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराईएको छ ।
विपद्को यस घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकार सँगसँगै रहने जनाउँदै बागमती प्रदेश सरकारले भूकम्पबाट ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवार र आफन्तजनहरुमा गहिरो समवेदना पनि प्रकट गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत सो प्रदेशले गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com