कार्तिक, १९ । नेपालीहरुले मनाउने दिपावली, छठ, नेपाल सम्वत् ११४४ लगायत आउँदै गरेका विभिन्न पर्वहरुको अवसरमा कल्पवृक्ष सेवा समाजले शुभकामना आदानप्रदान गरेको छ । नेपाल सरकारका पुर्व सहसचिव प्रदिपराज कंडेलको प्रमुख आतिथ्यतामा समाजले काठमाण्डौको सुकेधारामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । आउँदै गरेका नेपालीहरुको पर्वको अवसरमा शुभकामना दिँदै चाडपर्व मनाउदा अनावश्यक तडकभडक नगरि सयंम र मितव्ययी भएर मनाउन प्रमुख अतिथी कंडेलले आग्रह गरे ।
शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थामा आवद्ध बौद्धिक व्यक्तिहरुको सहभागिता रहेको थियो । उपस्थित अतिथीहरुलाई शुभकामना दिँदै आयोजक संस्थाका अध्यक्ष भिमनाथ गौतमले बृद्ध, असाय, अपाङ्गता भएका ब्यक्ति,अनाथ बालबालिका तथा दैविप्रकोप पिडित साथै स्वास्थ्य उपचार गर्न असमर्थ नागरिकहरुलाई सहयोग र उनीहरुसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । त्यस्तै, सबैसग सहकार्य गरेर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यमा निरन्तरता दिन साझा सस्थाको रुपमा भुमिका निर्वाह गर्ने सस्थाका सचिव पवित्रा आचार्यले बताईन् । सामाजिक काम गर्दै आएको संस्थाले वातावरण तथा पर्यावरण संरक्षण सम्बन्धि कार्यहरु पनि गर्दै आएको छ
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com