काठमाण्डौ, साउन १७ । हिजोदेखि लगातार परेको पानीले सप्तकोसीमा ठूलो बाढि आएको छ । बाढिका कारण केही बस्तीहरु जोखिममा परेका छन् । उदयपुर, सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकासम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । कोसीमा सतह बढेर उदयपुरको बेलका नगरपालिकाको डुम्रीबाट बस्तीमा पस्न थालेको छ । नदी किनारका केही बासिन्दाले सुरक्षित ठाउँको खोजी गर्दै घर छाड्न थालेका प्रहरीले जनाएको छ ।
बस्तीमा पानी पसेमा सप्तरीसम्मका कैयौँ गाउँ डुबान र कटानमा पर्नेछ । सुनसरीको चतरामा पनि बिहानैदेखि बाढीको सतह सतर्कताको तहमा पुगिरहेको बाढी सूचना केन्द्रले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com