प्रशंसा बटुल्दै गायिका मेनुका पौडेल । अहिले इन्डियन आइडलमा प्रतियोगीको रूपमा दमदार प्रस्तुति दिँदै आएकी उनले सबैको मन जित्न सफल भएकी छन् । गत शनिवार बेलुका उनले दिएको प्रस्तुतिको बलिउड निर्देशक महेश भट्टले पनि प्रशंसा गरेका छन् । उक्त प्रस्तुतिमा उनले भट्टकै निर्देशन रहेको हिट फिल्म ‘जख्म’ को गीत ‘गली मे आज चाँद निस्का’ गाएकी थिइन् । जसलाई सबैले तारिफ गरेका थिए ।
मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरू श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । प्रस्तुति सकिएपछि उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिएका थिए । मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरू श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । प्रस्तुति सकिएपछि उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिएका थिए ।
त्यसपछि प्रशंसा गर्दै भने, ‘मलाई आज यकिन भएको छ । एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईँले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन ।’पौडेलको गायनको प्रतियोगितामा जर्जका अलवा सामाजिक सञ्जालमा पनि हुने गरेको छ ।
पौडेलको अहिले प्रतियोगितामा अन्तिम १५ को प्रतिस्पर्धा चलिरहेको छ । प्रतियोगिताको सुरुमै गोल्डेन माइक जितेर उनले चौतर्फी पाएकी थिइन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com