मंसीर १९ । अपराध अनुसन्धानकै क्रममा केही अफिसर्सहरु सेलिब्रेटी बने । कोही चाहीँ डर लाग्दा अपराध अनुसन्धान फत्ते गरेर पनि चर्चामा आएनन् । अर्थात उनीहरुलाई मिडिया पब्लीसिटिसंग खास रहर लागेन । कतिपय प्रहरी अफिसर चाहीँ काम भन्दा बढि हल्लाखल्ला गरेर मिडिया पब्लििसटिमा रमाइरहे । आइजीपी सम्म बने । हामी त्यस्ता प्रहरी अधिकारीहरुको चर्चा गर्दैछौँ जस्ले नेपालमा २०६० को दशक यता गुण्डागर्दीलाई समाप्त पारिदिए । शान्त समाज निर्माणमा योगदान पुर्याए । वास्तवमा नेपालमा खुलमखुल्ला गुण्डागर्दी २०६० पछि नै मौलायो । द्धन्दका कारण पनि गाउँबाट युवाहरु शहर केन्द्रीत भए । रोजगारी थिएन । बाँच्नका लागि र एकैपटक सजिलो कमाईका लागि थुप्रै युवाहरु गुण्डागर्दीमा प्रवेश गरे । कतिपय प्रहरी कमाण्डरहरुले नै गुण्डाहरुलाई पालनपोषण गर्थे, संरक्षण गरेवापत गुण्डाहरुबाटै त्यसबेलाका प्रहरी हाकिमहरुले मोटो रकम बुझ्दथे भनिन्छ ।
गुण्डाहरुको ग्याङ वार, चन्दा असुली, हप्ता असुली, हत्या हिंसा बलात्कार जस्ता घटना काठमाडौँमा कुनै साउथ इण्डीयन फिल्मको भन्दा कम थिएन । यस्ता अपराध नियन्त्रण गर्न कुन प्रहरी अधिकृत कसरी लागे त ?
सिंघम बनेर उदाएरका रमेश खरेल
२०४६ सालमा इन्सपेक्टर बनेमा रमेश खरेल नेपाल प्रहरीका सबैभन्दा चर्चित र बहादुर अनुहार हो । उनी काम र नाम दुवैले चर्चित थिए । एसपी हुँदा बारा जिल्लाको इन्चार्ज भए । भारतसंग सीमा जोडिएको बारामा गुण्डागर्दी मौलाएको थियो । ग्याङ वार, हप्ता असुली, बोर्डर पारीबाट आएकाहरुले नेपालमा जघन्य अपराध मच्चाएर फेरि भारत नै पुग्थे । त्यस्तो बेला अशान्त बारा÷पर्सामा हिरो बनेर पुगे रमेश खरेल । अहिले पनि बारा÷पर्सामा एसपी खरेल भनेर जनताले चिन्छन् । त्यही लोकप्रियतालाई पनि मध्यनजर गरेर खरेलले गएको उपनिर्वाचनमा रास्वपाबाट बारामा सांसदका लागि उम्मेदवारी दिए । तर जित्न सकेनन् । खरेल जनप्रिय प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । एसएसपी हुँदा २ पटक काठमाण्डौको प्रहरी प्रमुख भएर काम गरे । खरेल भ्रष्टाचार, गुण्डागर्दी र अपराध विरुद्ध खुलेर बोल्ने मात्रै होइन व्यवहारमै उत्रेर देखाउँने प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
राजनीतिक नेक्सससँग नडराउने हक्की स्वभाव भएका खरेलले काठमाडोँ प्रमुख हुँदा बहालवाला गृहमन्त्री बामदेव गौतमलाई ब्रिफकेस बोकेर सरुवाबढुवा माग्नेहरुसंग प्रभावित नहुन औपचारिक मन्चकै आग्रह गरेका थिए । जुन निक्कै चर्चित बन्यो । उनी काठमाडौँ प्रमुख हुँदा नै हो यहाँको शान्ति सुरक्षामा आमुल परिवर्तन आएको । टोले गुण्डाहरु एसएसपी खरेलको इन्ट्री पछि भागरे भागको अवस्थामा पुगेका थिए । टोले गुण्डाहरलाई उनले गुण्डा नभई फ्याउरोको संज्ञा दिन्थे । पछि प्रहरीको आइजीपी भने बन्न पाएनन् । त्यसबेला आइजीपीको दौडमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की मुख्य प्रतिस्पर्धि थिए । तर राजनीतिक प्रभावकै कारण दोस्रो बरियातामा रहेका सर्वेन्द्र खनाल आइजी बने । पहिलो नम्बरमा रहेका खरेल माथि अन्याय भयो । त्यही अन्याय सहन नसकेर उत्तिनै खेर डिआइजी पदबाटै राजीनामा गरे । हकी स्वभाव भएकैले, नेतालाई ब्रिफकेस नबुझाएकैले आफूलाई आइजी बनाउनबाट रोकेको बताउँछन् । रमेश खरेल जस्तै हकी, निडर प्रहरी अफिसर जनताले खोजीरहेका छन् ।
सर्वेन्द्र खनाल
सर्वेन्द्र खनाल नेपाल प्रहरीमा रहँदा सफल अनुसन्धान प्रहरी अधिकृतको रुपमा उच्च छवी बनाएका व्यक्ति हुन् । नेपाल प्रहरीमा इन्सपेक्टरबाट प्रवेश गरेका उनी नेपाल प्रहरीको आइजीपी बन्न सफल भए । भलै उनी खरेल आइजीपी बाट रिटायर्ड भएर राजनीति तिर लागे त्यसपछि उनको लोकप्रियता ओरालो यात्रामा लाग्यो । हुन त रमेश खरेल आइजी नहुँदा नै सर्वेन्द्रको आलोचना सुरु भएको थियो । त्यसमाथि उनी आइजी रहँदा नै निर्मला पन्त हत्या प्रकरण गिजोलियो । अहिलेसम्म पार नलागेको त्यो प्रकरणमा सफल अनुसन्धान अधिकृत भनिएका सर्वेन्द्रको छवि आलोचित बनेको थियो । कतिपयले रमेश खरेल आइजी बनेका थिए भने यो प्रकरण टुंगिन्थ्यो पनि भने ।
तर सर्वेन्द्र खनालले काठमाडौँ प्रहरी अपराध अनुसन्धान महाशाखामा एसएसपी हुँदा चर्चित गुण्डा नाइके कुमार घैँटेको इन्काउण्टर गरेका थिए । २०७२ भदौ ३ गते गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टर गरेका गरेपछि खनाल चौतर्फी हाई हाई बने । घैंटे सामाखुसी लगायतका क्षेत्रमा चन्दा असुल्ने, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने लगायतका कार्यमा संलग्न थिए । यो सफल अपरेशनले खनाललाई देशभर चिनाएको थियो ।
पुष्कर कार्की
सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की एकै ब्याजमा अफिसरहरु हुन् । यी तिनै जना आइजीपी बन्न लायक थिए । तर आइजीपी त एक जना मात्रै हुने हो । त्यसैले सर्वेन्द्र आइजी बने अरु दुई उस्तै काविल अफिसरहरु बन्चीत बने । त्यो बेला रमेश खरेलले राजीनामा गरे पनि पुष्करले गरेनन् । महानगरिय प्रहरी अपराध महाशाखामा रहँदा २०७१ साउन २१ गुण्डा नाइके दिनेश अधिकारी चरीको इन्काउण्टर गरेपछि पुष्कर कार्की चर्चित बनेका थिए । कार्कीले सीआइवीको प्रमुख हुँदा चर्चित गुण्डा नाइके मनोज पुनको पनि इन्काउण्टर गरेका थिए । त्यत्ति मात्रै होइन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको दिनदहाडै बानेश्वरमा मुख्य सडकमै गोली हानी हत्या भएको थियो । हत्यामा संलग्न समीरमानसिंह बस्नेत र उनको समूहलाई कानुनी कठघरामा उभ्याए । इमान्दार प्रहरी अधिकृतका रुपमा कार्की परिचित छन् । र नेपाल प्रहरी संगठनमा आज पनि उत्तिकै सम्मनका साथ उनको नाम लिइन्छ ।
उत्तमराज सुवेदी
२०४९ चैत ११ बाट प्रहरी सेवामा प्रवेश गरेका सुवेदी सुरुदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको रुपमा चिनिएका थिए । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका उनले जहाँ गए त्यहाँ आफ्नो अलग छाप बनाउदै अघि बढदै गए र हरेक मिसनमा उनी सफल हुदै गएका थिए । जनकपुर बमकाण्डमा नाइके तथा कुख्यात गुण्डा सञ्जय टक्लालाई जिल्ला प्रहरी कार्यालय धनुषाको कमाण्ड सम्हाल्दा पक्राउ गर्न सफल सुवेदी मानिन्थे। उनले दुई दशकअघिका फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाउँदा जघन्य अपराधका अभियुक्तले समेत प्रहरीसमक्ष सरेन्डर गरे। जिल्लाका दूरदराजबाट उनको नाम र काम गर्ने शैलीले गर्दा न्यायको आशमा प्रहरी कार्यालयमा गरीब, असहाय, महिला तथा सर्वसाधारणको भीड लाग्थ्यो।
अपराध अनुसन्धानमा अब्बल उच्च प्रहरी अधिकृतको छवि बनाएका सुवेदीले डिआइजी छँदा चर्चित भागरथीको हत्यामा संलग्न आरोपितलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याएका थिए । निर्मला पन्तको हत्याकाण्ड तात्तिएका बेला भएको त्यो अपराध पनि निक्कै चर्चित बन्यो । आइजीपी बन्न लायक सुवेदी एआइजीबाटै घर फर्किन बाध्य भए । उनको पालामा धिरजप्रताप सिंह आइजीपी बने । त्यसबेला आइजीपी बन्ने दौडमा विश्वारज पोखरेल सबैभनदा पहिले देखि दौडमा थिए । तर अपराध अनुसन्धानमा खासै सम्झन लायक कुनै अपरेशन नरगेका पोखरेल अन्नत आइजीपी बन्ने खेलमा अन्तिम समयमा रिङ आउट भए ।
त्यस बाहेक डिआइृजीबाटै रिटायर्ड भएका केशव अधिकारीलाई पनि अपराध अनुसन्धान क्षेत्रमा सफल अफिसर मानिन्छ । हाल सेवामै रहेर सिइआईबीमा एआईजी रहेका किरण बज्राचार्य बहादुर महिला प्रहरी अफिसर हुन् । उनले ललिता निवास जग्गा प्रकरण देखि क्वीन्टल सुन प्रकरणमा पनि राम्रो अनुसन्धान गरेकी थिइन् । भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ प्रहरी कमाण्ड सम्हालेका एसएसपीद्धय मनोज केसी र दानबहादुर कार्की पनि कुशल अनुसन्धानकर्ता हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com