मंसिर, २१ । आज देशभरको मौसम बदली भएको छ । नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले मौसममा परिवर्तन आएको हो । मौसममा परिवर्तन आएसँगै बढि चिसो अनुभव भएको छ । काठमाडौँका विभिन्न क्षेत्रमा अहिले कुहिरो लागेको छ भने तापक्रम पनि १० डिग्री सेल्सियससम्म पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आग्रह गरेको छ । भोली शुक्रबार भने अधिकांश स्थानको मौसममा केही सुधार आउने महाशाखाले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com